१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन’

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७९, सोमबार ०४:५३

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार (आज) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ । दिउँसो १ बजेसम्म निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

उम्मेदवारी दर्ता शनिवार गरिएको थियो भने आइतबार दाबी विरोध भएको थियो। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचन तोकिएको छ। देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।

दुई/दुई वर्षको फरकमा हुनु पर्ने स्ववियु निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । यसअघि निर्वाचन २०७३ चैत १५ गते भएको थियो।