१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १४:३४

काठमाडौं ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई  प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।