८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजदूत सुरेश चालिसे राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा नियुक्त

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७९, मंगलवार १६:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।

चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।