१३ बैशाख २०८१, बिहीबार
Follow Us

भुम्लु आँखा शिविरमा बाह्र सय बढी लाभान्वित

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७९, बुधबार ०५:४३

काभ्रे । भुम्लु गाउँपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । फागुन २३ गते देखि गाउँपालिकाको सबै वडामा शुरु भएका आँखा शिबिर सम्पन्न भएको हो । आँखा शिबिरमा १ हजार २ सय ६२ जनाको आँखा जाँच गरिएको थियो ।

जसमा परिक्षण गरिएकोमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भटराईले जानकारी दिए । आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो ।

मोतियाबिन्दु भएका बिरामीहरुको भने भुम्लु आधारभूत अस्पतालमा निशुल्क अप्रेशनको गरिएको छ । आँखा शिविरमा कीर्तिपुर आँखा अस्पतालको डा. सुधा राणाभाटको टिमले आँखा जाँच गर्नु साथै मोतिबिन्दुको शल्यक्रिया गरेका थिए ।

गाउँपालिकाबासीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रमुख प्रेमबहादुर भुजेलले जानकारी दिए । उपाध्यक्ष जितेन्द्रमान तामाङले सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुहुँदै गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै निशुल्क अप्रेसन सहितको आँखा शिबिर राखेको बताए ।

शिविरले आर्थिक अभावका कारण तथा अस्पतालसम्म उपचार गर्न आउन कठिनाइ भएका पालिकाका नागरिकहरू लाभान्वित भएको थिए । लायन्स क्लब अफ काठमाडौं कञ्चनजंगा आयोजना, कीर्तिपुर आँखा अस्पतालको प्रविधिक सहयोग र भुम्लु गाउँपालिकाको सहकार्यमा शिबिर सम्पन्न भएको हो ।