१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धनाढ्य सूचीमा बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा !

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार १०:३६

लन्डन ।
फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।

फोर्ब्सको अनुसार चौधरीको सम्पति १ दशमलब ३ बिलियन डरल छ । अघिल्लो वर्ष उनको सम्पति १ दशमलब १ बिलियन डलर थियो ।

फोर्ब्सका अनुसार बिल गेट्सको सम्पति ७५ बिलियनबाट बढेर यो वर्ष ८६ बिलियन पुगेका छ । बिल गेट्स कम्युटर अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनि माइक्रोसफ्टका मालिक हुन् ।

सूचीको दोस्रो स्थानमा लगानीकर्ता बारेन बफेट छन् । उनको सम्पति ७५ दशमलब ६ बिलियन भएको फोर्ब्सले जनाएको छ ।

सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थान ५ सय ४४ औं स्थानमा छन् । उनी अघिल्लो वर्षभन्दा २ सय २० स्थान तल खसेका छन् । फोर्ब्सको अनुसार उनको सम्पति साढे तीन बिलियन डलर मात्रै छ । अमेरिकी रियल स्टेटमा आएको गिरावटका कारण ट्रम्पको १ बिलियन सम्पति कम भएको फोर्ब्सले जनाएको छ ।

विश्वकै १० धनाढ्यको सूचीको तेस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस, जाराका मालिक अमान्सियो ओर्टेगा, फेसबुक मालिक मार्क जुकरवर्ग छन् ।