६ बैशाख २०८१, बिहीबार
Follow Us

पाल्पामा ग्यास सिलिण्डर पड्किएर एक महिला घाइते

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७९, बुधबार ०५:४८

पाल्पा- पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो ।

स्थानीय पत्रकार दयाराज न्यौपानेका अनुसार उक्त सिलिण्डर पड्केर पम्फा घिमिरे घाइते हुनु भएको छ। उहाँको अवस्था सामान्य रहेको र घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । सिलिन्डर पड्किएर आगलागी हुनबाट भने स्थानीयको सहयोगमा जोगाइएको छ । सिलिन्डर पड्किनुको कारण पत्ता लागेको छैन ।