१३ बैशाख २०८१, बिहीबार
Follow Us

नापोली र रियल मड्रिड क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७९, बिहीबार ०५:३२

लन्डन । रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो ।

आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त भयो ।

नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
इटालियन क्लब नापोली युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसहित नापोली क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो ।

दोस्रो लेगको खेलका पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६४ औं मिनेटमा पिओट्र जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३–० को जित दिलाए ।