१५ चैत्र २०८०, बिहीबार
Follow Us

बर्दिबास चौथो महोत्सव सुरु: पर्यटन पर्वद्वनमा टेवा पुग्ने बिस्वास

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७९, शनिबार ०५:५९

महोत्तरी । महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ ।  ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उदघाटन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उदघाटन गर्दै बर्दिबासको बिशिष्ट पहिचानलाइ यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।  बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको चौथो बर्दिबास महोत्सव १३ चैत्रसम्म जारी रहनेछ ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले कोरोना पछी लयमा फर्कन नसकेका व्यापार, व्यवसायलाइ महोत्सवले लयमा फर्काउने बिस्वास ब्यक्त गरे । महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरीका विभिन्न पर्यटकिय क्षेत्रहरुको फोटो भिडियो पनि प्रदर्शन गरिएको छ । फोटो, भिडियो प्रदर्शनले पर्यटन पर्वद्वनमा टेव पुग्ने आयोजक पक्षले बिस्वास लिएको छ ।