८ बैशाख २०८१, शनिबार
Follow Us

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ चयन

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७९, शनिबार ०६:००

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसोसिएसनको १७औँ वार्षिक साधारणसभाले सर्वसम्मत पदाधिकारी चयन गरेको हो ।

aएसोसिएसनको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल चयन भएका छन् ।

नवनियुक्त कार्यसमितिका पदाधिकारीको शपथग्रहणसमेत शुक्रबार नै सम्पन्न भएको छ । एसोसिएसनको वार्षिक साधारणसभाले आ.व. ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. ०७९/८० को अनुमानित आय-व्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।