१३ बैशाख २०८१, बिहीबार
Follow Us

रास्वपाको संयुक्त बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७९, आईतवार ०५:५०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । काठमाडौँको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको उनले बताए । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि पार्टीको बैठक बस्न लागेको हो ।