१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारको निर्णय त्रुटिपूर्ण छ, नवराज सिलवाललाई आईजीपी बनाऊ : सर्वोच्च अदालत

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार ११:३३

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णयलाई बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो ।
फैसलाको पहिलो बुँदामा भनिएको छ, नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्त गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७३।११।१ मा निर्णय भएको छ, सो निर्णय त्रुटिपूर्ण छ । निजभन्दा जेष्ठताको क्रममा अगाडि रहेको रिट निवेदकको बढुवा हुनुपर्ने थियो ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ समेतको प्रतिकुल निर्णय भएको छ । उक्त निर्णय समेतका काम कारबाहीबाट निवेदकलाई अन्याय परेको हुँदा सो निर्णय उत्पे्रषणको आदेशले बदर गरी रिट निवेदकको वरिष्ठता कायम हुने गरी तत्काल बढुवाको अर्को निर्णय गर्नु गराउनु भनी परमादेश जारी गरी पाउँ भन्नेसमेत व्यहोराको प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको रिट निवेदन देखियो ।
सर्वोच्चको आदेशको पूर्णपाठ