१३ बैशाख २०८१, बिहीबार
Follow Us

पद्म कन्याको स्ववियु सभापतिमा ज्योति निर्वाचित

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७९, सोमबार ०५:४४

काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका तिर्सना आले मगरलाई पराजित गरेका हुन् । यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।

नेपाल ल क्याम्पसको स्ववियु सभापति विष्णु ढुंगेल निर्वाचित
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो ।