१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए डेभलपमेन्टको अध्यक्षबाट लामिछानेले दिए राजिनामा, शेष घले अध्यक्षमा नियुक्त

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७९, बुधबार १५:२७

लण्डन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘एनआरएनए इन्फास्टक्चर एण्ड डेभलपमेन्ट’ को संचालक समितिको अध्यक्षमा शेष घले नियुक्त भएका छन् । सो कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले पदबाट राजिनामा दिए पछि रिक्त रहेको सो पदमा घले नियुक्त भएको कम्पनीले जनाएको छ ।

गत सोमवार सम्पन्न ११६ औं कम्पनीको बैठकले कम्पनी ऐन, २०६३ बमोजिम घलेलाई सो पद हस्तान्तरण गरिएको हो । उनी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत हुन् ।

सो कम्पनीको लगानीमा दोर्दी खोला जलविद्युत आयोजना (२७ मेगावाट) मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट), तल्लो लिखु जलविद्युत आयोजना .(२८.१ मेगावाट, माथिलो मैलुङ खोला जलविद्युत योजना (१४.३ मेगावाट) र थुलो खोला जलविद्युत आयोजना संचालित छन् ।