६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् विस्तारका लागि छलफल

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७९, बिहीबार १४:५८

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार जानुभएको छ। देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राख्नुभएको छ ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।

प्रचण्डले चैत १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन । चैत १० को डेडलाइन आएसँगै प्रचण्डले छलफललाई तिव्रता दिनुभएको छ । यसअघि बुधबार पनि प्रचण्डले गठबन्धनमा छलफल गनुभएको थियो ।

यसैबीच, यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेको सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताउनुभएको हो । सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उहाँको भनाइ छ ।