७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘वाइन वर्कसप’ मै जमेकी जिना

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७९, बिहीबार २०:३६

मास्के ‘नेपाली वाइन लेडी’ का रूपमा युरोपमा प्रसिद्ध छिन्

लण्डन् । काठमाडौंकी रैथाने बासिन्दा भए पनि हाल जर्मनीमा बसिरहेकी जिना मास्केले बेलायत र जर्मनीबाट इन्टरन्यासनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् । हालै नेपाल भ्रमणमा पुगेकी जिनाले ३५० जना भन्दा बढी विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे जानकारी दिएकी थिइन् । उनले नेपालका ४ वटा कलेजमा पुगेर वाइनको महत्वको पारे चर्चा गरिन् ।

उनले काठमाण्डौंको नाथम, युएन र मेघा हिमालयन धरान कलेजमा आयोजिक एक कार्यक्रमकाबीच ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । वाइन विशेषज्ञ जिना मास्केले सञ्चालन गरेको सो वर्कसपमा होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ तथा स्नातकमा अध्ययनरत् विद्यार्थीहरू सहभागी थिए ।

उनले बेलायत, जर्मनी, स्वीजरल्याण्ड र नेपालका विभिन्न होटलहरूमा वाइन्सम्बन्धी प्रशिक्षण दिने गरेकी छन् । मास्के ‘नेपाली वाइन लेडी’ का रूपमा युरोपमा प्रसिद्ध छिन् ।

मास्केले नेपालमा वाइन व्यवसायको बारेमा लामो अध्ययन गरेकी छन् । मास्केले नेपालमा वाइनको सम्भवना निकै ठूलो रहेको बताइन् । उनले नेपालमा वाइन सम्बन्धी विज्ञहरुको माग उच्च रहेको बताइन् ।

पछिल्लो नेपाल भ्रमणका क्रममा कलेजमा भेटिएका विद्यार्थीहरुले वाइन वर्कशप निकै उपलब्धि मूलक भएको बताएका थिए । उनको नेपालमा वाइन इस्टिच्युट खोल्ने र नेपाली वाइनलाई विश्व बजारमा लैजाने लक्ष लिएकी छन् ।