१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१२ किलो तौल भएका ६३ वर्षीय कृष्णप्रसादको प्रधानमन्त्रीसँग भेट

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०६:४१

काठमाडौं । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाँचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए ।
साथै प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले बताए । अर्घाखाँची जिल्लाको ठूलापोखरा–२ रोहोटेपानी निवासी पौडेलले भगवती नि.मा.वि. ठुलापोखरा–२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् ।
शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् । १२ किलो तौल भएका पौडेल ६३ बर्ष पुगेका छन् ।