१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रेमी गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता” (भिडियाे)

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०७:५१

चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा र लोक गायीका कला पंगेनीको आवाजमा रहेको फरक धारको देश प्रेमी गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बोलको गीतको म्यूजिक भीडीयो निकै लोकप्रिय बनेको छ । प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका हुन् ।

बनाउनु छ चौतारी पिपल अनी बर को, रोक्नु पर्छ परदेशीने नेपालीको लर्को !!
यो गीत निकै शंदेशमुलक रहेको छ । परदेशीएका युवा हरुको जमात लाई रोक्ने आशय रहेको कुरा गीतमा समावेश भएको छ । यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन । आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन । गायिका पंगेनीले स्वदेशमा हुने थुप्रै महोत्सवहरुमा दर्शकहरुलाई मनोरंजन दिंदै आएकीछन भने विदेशतिर हुने कार्यक्रममा पनि सहभागी हुँदै आएकीछन । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको कारण छ ।

गायीकाका अनुसार समय फेरीदो क्रम संगै समाजमा आम जिन्दगीका कुरा हरु, परम्परा हरु र मानविय स्वार्थ हरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ ।

कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भीडीयो चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका छन । क्यामरामा सुरेश श्रेष्ठ छन भने अभिनयमा गायक पशुपती शर्मा आफै, गायीका कला पंगेनी र अर्का मोडल विपेश घिमीरेका, नायीका विनु खड्का को साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन ।

मिचीएको सिमानाको कुरा अनी देश बचाउने कुरा हरु समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमीरेले बताए । चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजानीक गरीएको छ ।