१३ बैशाख २०८१, बिहीबार
Follow Us

अविश्वास प्रस्ताव कार्यसूचिको प्राथमिकता : कांग्रेस

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०६:१०

काठमाडौं ।  नेपाली काँग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ । संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ ।
बजेटआश्रित विधेयकहरु पहिले पारित गर्नुपर्छ भन्ने सरकारको भनाईप्रति काँग्रेसले असहमति जनाउँदै अविश्वासको प्रस्ताव पारित भएपछि मात्र उक्त विधेयकहरुलाई अघि बढाउनुपर्ने निष्कर्ष निकालेको नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रधानमन्त्रीले अल्पमतमा हुँदा पनि राजीनामा नगरेर रातारात मन्त्रीपरिषद वैठक डाकेर महत्वपूर्ण विषयमा निर्णय गर्नु गैरजिम्मेवारपूर्ण काम भएको उहाँले बताउनुभयो ।
संसदका आर्थिक विधेयकहरु पहिले अघि नबढाइए अवरोध गर्छु भन्ने सत्तापक्षको भनाईप्रति आपत्ति जनाउँदै काँग्रेसले संसदीय अभ्यास र परम्पराअनुरुप सरकार विरुद्धको अविश्वास प्रस्ताव पहिले अघि बढाउनुपर्ने बताएको छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको राजनीतिक प्रकृतिका बाहेकका मागहरुलाई संवोधन गर्न सरकारले अनसन तोडाउनुपर्ने ध्यानाकर्षण समेत सो वैठकले गराएको छ ।