१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रभ्नाले चुमिन् आदिवासी सुन्दरी ताज

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार १३:१२

काठमाडौं । ‘एइसिसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन् । सोमबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना स्पर्धीलाई पछि पार्दै रभ्नाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । रभ्नाले उपाधिसँगै विभिन्न गिफ्ट ह्याप्पर तथा पुरस्कार हात पारिन् ।
प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को यस दोस्रो संस्करणका प्रतियोगीहरु तेह्रथुमे ढाका बुटिकले तयार गरेको ‘ढाका कन्ट्रास्ट’ गाउन र वानपिसमा प्रस्तुत भएका थिए । फेसन डिजाइनर तथा तेह्रथुमे ढाका बुटिककी सञ्चालक निरु आङबुङ र संगीता लिंखाले तयार गरेको ढाका पहिरनमा प्रतियोगीहरु खुबै खुलेका थिए ।
2a
‘आदिवासी अवाज’ नारा दिइएको यस ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ मा अर्चना प्रधान र मल्लिका बम्जन क्रमशः फस्ट रनरअप र सेकेण्ड रनर भए । उनीहरुले पनि ताजसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, प्रदीपमान प्रधान, फेसन डिजाइनर निरु आङबुङ, मोडल विपना थापा, अञ्जु श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, पत्रकार अशोकप्यासी राई, ब्युटिसियन सुष्मा महरा, धनबहादुर तामाङ र तेञ्जिङ उक्यापको निर्णायक मण्डलले प्रतियोगीहरुलाई उपाधि प्रदान गरेको हो ।
प्रतियोगितामा पुनम श्रेष्ठ मिस इलिजेन्ट, कविता श्रेष्ठ, बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ बेस्ट स्किन र सिम्रन श्रेष्ठले बेस्ट अटायर सबटाइटल पाए । त्यस्तै, फुरलामु शेर्पा मिस डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डशीप, मल्लिका बमजन मिस पिक्चर पर्फेक्ट, निशा लिम्बू मिस पर्सनालिटी, सिर्जना बुढामगर मिस चार्मिङ र प्रिया लिम्बूले मिस ट्यालेन्ट सबटाइटल उपाधि पाए ।
3
विभिन्न गीतसंगीत, नृत्य र ¥याम्प शोका कारण कार्यक्रममा रौनकता छाएको थियो । कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले तयार गरेका ढाका कन्ट्रास्ट सारी र लेहेँगा तथा मेख्लीमा सुपर मोडल इच्छा कार्कीलगायतका व्यवसायिक मोडलहरु ¥याम्पमा उत्रिएका थिए । उनीहरुले दुईवटा सिक्वेन्समा ¥याम्प नापेको थिए । सुरुमा ढाका कन्ट्रास्ट मेख्ली र गाउनमा प्रस्तुत भएका मोडलहरु अन्तिममा सारी सिक्वेन्समा प्रस्तुत भएका थिए । मोडलहरु ढाका कन्ट्रास्ट पहिरनमा धपक्क खुलेका थिए ।
तेह्रथुमे ढाका बुटिकको प्रवद्र्धनस्वरुप कार्यक्रममा फेसन शो गरिएको तेह्रथुमे ढाकाकी निरु आङबङले बताइन् । प्रतियोगिातको अटायर स्पोन्सर यसपटक तेह्रथुमे ढाका बुटिकले गरेको थियो । आदिवासी सुन्दरी प्रतियोगिता भएकाले अटायर स्पोन्सर गरेको तेह्रथुमे ढाका बुटिकले जनाएको छ ।
त्यस्तै, कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बू, गायक रुकमान लिम्बूको गायन र मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुको नृत्य प्रस्तुतीले प्रतिष्ठानको प्रेक्षालय भरिभराउ दर्शकदीर्घा थप रोमाञ्चित भएका थिए ।
4
गायक दीपकले ‘मैले माया गर्न जानिनँ होला’ गाउँदा दर्शकले साथ दिएका थिए भने रुखमानले ‘तिमीलाई म के भनुँ’ बोलको गीत गाएर दर्शकलाई मन्त्रमुध्न बनाए । त्यस्तै, मोडल निशाले हिट मिक्स गीतमा नृत्य प्रस्तुत गरेर दर्शकाको मन जित्न सफल भइन् ।
कार्यक्रम सोचेभन्दा सभ्य र भव्य भएको आयोजक संस्था प्यासिपिक इभेन्टका अध्यक्ष फुपु ते िञ्जङ शेर्पाले बताए । ‘यो प्रतियोगिताको दोस्रो संस्करण हो’ शेर्पाले भने, ‘तर सबै क्षेत्रबाट सहयोग र साथ मिलेकाले कार्यक्रम सोचेभन्दा भव्य भएको छ ।’ कोरियोग्राफर रोजिन शाक्यले सञचालन गरेको कार्यक्रममा सञ्चारकर्मी तथा समाजसेवी याङ्जोम शेर्पाले तेह्रथुमे ढाका बुटिकबारे प्रस्ट पारेकी थिइन् ।
1