१५ चैत्र २०८०, बिहीबार
Follow Us

चेल्सी क्रिष्टल प्यालेससँग पराजित

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार ०७:१८

लन्डन । इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सी गएरातिको खेलमा पराजित भएको छ । चेल्सीलाई क्रिष्टल प्यालेसले दुई एक गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलका लागि विलफ्रेड जाहा र क्रिष्टियन बेनटेकले एक–एक गोल गरे । खेलमा चेल्सीका सेस्क फाब्रिगासले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन ।
अर्को खेलमा लिभरपुलले एभर्टनलाई तीन एक गोल अन्तरले हराएको छ । लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे ।
एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए । लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई दुई शुन्यले पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग गोलरहति बराबरीमा रोकिएको छ । बराबरीसँगै म्यानुको शीर्ष चारको यात्रामा धक्का लागेको छ ।
त्यस्तै हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई दुई एक, लेष्टर सिटीले स्टोक सिटीलाई दुई शुन्य, वाटफोर्डले सण्डरल्याण्डलाई एक शुन्यले पराजित गरेका छन । साउथह्याम्पटन र बर्नमाउथले भने गोल रहित बराबरी खेलका छन । रातीका खेलपछि २९ खेलबाट ६९ अंक सहित चेल्सी लिगको शिर्ष स्थानमा छ । २९ खेलवाट नै ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो रहेको छ । एक खेल बढि खेलेको लिभरपुल ६० अंक सहित तेस्रो स्थानमा छ ।