१५ चैत्र २०८०, बिहीबार
Follow Us

हिमाल सागरकाे तिम्रो चोलीको तुनामा सार्वजनिक (भिडियाे)

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार ०८:१७

काठमाडौं । गायक हिमाल सागर नयाँ गीत लिएर आएका छन्, तिम्रो चोलीको तुनामा । एक महिना अघि अडियो सार्वजनिक गरेका हिमाल सागरले भिडियो भने एकदिन अघि मात्रै सार्वजनिक गरे । जुन गीतमा प्रियंका कार्की र हिमाल सागरको अभिनय रहेको छ ।

पि्रयंकासँग पहिलो पटक भिडियोमा काम गरेका हिमाल सागर प्रियंकाको काम गर्ने शैलिवाट निकै प्रभावित भए । ‘मैले गीत बनाउदा नै सोचेको थिँए, यो गीतमा पि्रयंकालाई अभिनय गराउँछु ।’ उनले भने ।

पि्रयंकालाई जुझारु नायिकाको रुपमा बुझेका हिमाल सागर प्रियंकाले निर्देशकको भाव अनुरुप अभिनय गरेको धारणा राख्दै भन्छन् ‘एउटा ब्यबसायिक कलाकारसँग काम गर्दा छुट्टै मज्जा आउँदो रहेछ ।’

हिमाल सागरकै स्वर संगीत रहेको यस भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् भने धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको छ ।