१५ चैत्र २०८०, बिहीबार
Follow Us

अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०७:४०

अटवा । क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक प्रतिनिधिमण्डलले क्यानडा सरकारको नेतृत्व गरिरहेको लिवरल पार्टिका सचेतक माननिय ए्न्ड्रु्लेस्लीलार्इ भेट गर्यो । उक्त भेटमा नेपाल र क्यानडाकाविचको पाँच दसकभन्दा लामो सम्बन्ध रहेको इतिहाँसको स्मरण गरायो । क्यानडा र नेपालविच सरकारी बिभिन्न संघसंस्था र जनताविचमा पनि प्रगाढ सम्बन्ध रहेको कुरा स्पष्ट गरायो । क्यानडा सरकारले नेपालको विकाश निर्माणमा पुर्याउँदै आएको सहयोगको सराहना गर्दै यसलार्इ निरन्तरता दिन आग्रह गर्यो ।
निवर्तमान कन्जर्भेटिभ सरकारले २०१३देखि नेपाललार्इ प्राथमिकता लिस्टबाट हटाएको कुरा स्मरण गराउँदै यस सरकारले पुन प्राथमिकता लिस्टमा राखी नेपालको विकाश निर्माणमा सहयोग पुर्याउनु पर्ने कुरामा जोडदियो । भूकम्पद्वारा भएको हजारौको मानविय क्षति पश्चात भारतिय नाकाबन्दीबाट क्षत्बिक्षत भएको नेपाललार्इ क्यानडा सरकारबाट विकाश निर्माणमा अझै सहयोग आवश्यक्ता रहेको कुरा स्पष्ट गरायो । गत जुन बिसतारिकमा अफगानको काबुलमा क्यानडाको राजदूतावासलार्इ सुरक्षा दिने निहत्था १४ जना नेपालीहरुको हत्या भएको र केहि घाइते भएका छन् । ती घाइतेहरुको उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरियो । उक्त घटनाका मृतकका परिवारलार्इ उनीहरुले क्यानडा आउने इच्क्षा व्यक्त गरे उनिहरुलार्इ क्यानडा सरकारले क्यानडा ल्याउनुपर्ने र बसोवासको उचित व्यवस्था गर्नुपर्ने कुरामा जोडदियो ।
सचेतक एन्ड्रुलेस्लीले यसमा आफु सकारात्मक भएको र नेपाल राजदुतावाससंग समन्वय गरी अगाडि बढने कुरा बताउनुभयो । गैरआवाशिय नेपाली संघ क्यानडाका उपाध्यक्ष सुरेनउप्रेतीको नेतृत्वमा गएको उक्तटोलीमा अनेसास क्यानडाका अध्यक्ष कमल कोइराला तथा क्यानडा नेपाल सोलिडारिटी फर पिसकी अध्यक्ष तारा उप्रेती सरिक हुनुहुन्थ्यो ।