७ बैशाख २०८१, शुक्रबार
Follow Us

माला ‘बोल्ड’ बनेपछि चर्चामा ‘मिम्जिमे…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १५:०३

काठमाडौं । गायक ब्रबिम शेर्मा र गायिका सुनिता थेगिम लिम्बूको युगल स्वर रहेको एउटा गीतको भिडियो सार्वजनिक भएको छ । लिम्बू भाषामा गाइएको ‘नुरिकाङ वये मिम्जिमे’ अर्थात राम्ररी बस्नु मायालु बोल गीतको भिडियो सार्वजनिकसँगै चर्चामा आएको छ । अभिनेत्री तथा मोडल माला लिम्बूको सुन्दर र बोल्ड अभिनयका कारणले पनि यस भिडियोले थोरै समयमै चर्चामा आएको हो ।
भिडियोमा मालाले निकै बोल्ड अभिनय गरेकी छन् । विक्रम फागो वनेम निर्देशित यस भिडियोमा मालासँगै निर्भिक राई र विवेक बेघाले पनि अभिनय गरेका छन् । प्राय माला आइटमर नम्बरमा देखिरहने मोडल हुन् । तर, मालाले लिम्बू मौलिक गीतमा पहिलो पटक अभिनय गरेकी हुन् ।
मुन्धुमी गायक समेत रहेका व्रविम र सुनिताको सुमधुर स्वर रहेको यस गीतलाई आलोक आङदेम्बेले लेखेका हुन् । भिडियोमा थोरै समयमै धेरैले रुचाएको यस भिडियोलाई भूपेन्द्र तुम्बाहाङ्फेले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । यस गीतलाई ब्रविमले नै संगीत गरेका हुन् ।