१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रम ओलीले आज गर्लान ?

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७३, शनिबार १५:४८

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली देशको कार्यकारी प्रमुखको रुपमा आज आइतबार मध्यान्नसम्म मात्र रहन्छन भन्ने कुरा धेरैले अनुमान गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध ससदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने निश्चित भएकाले धेरैले त्यस्तो अनुमान लगाएका हुन् । तर राजनीतिमा सम्भावना धेरै हुने भएकाले अगाडिको बाटो के हुनसक्छ भन्ने कुरा नेपालको राजनीतिमा सजिलै अनुमान गर्न नसकिने जानकारहरु बताउँछन् । अविश्वास प्रस्ताव पारित हुने निश्चित हुँदा पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिइ मौनता साँध्नुलाई धेरैले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
संसदबाट अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा खल्तीमा बोकेर ओली सिधै शितल निवास पुग्ने बताइएको छ । त्यसपछि राष्ट्रपतिले के गर्लान् भन्ने चासो धेरैले लिएका छन् । संसदले अर्को प्रधानमन्त्री नचुनेसम्म ओलीलाई नै काम चलाउँ प्रधानमन्त्री तोक्ने हुन कि अर्को निर्वाचन नभएसम्मका लागि काम चलाउ तोक्छिन् त्यही कुरा यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
यता, अविश्वास प्रस्ताव पारित हुने वित्तिकै प्रधानमन्त्री ओलीले राजीनामाको सट्टा संसद विघटन गर्नेसमेत चर्चा गरिएको छ । तर पार्टीभित्रै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले पार्टीका लागि त्यो घातक कदम चाल्न सम्भावना न्यून रहेको बताइएको छ । राप्रपा नेपालबाहेक सबैले साथ छोडेकाले पनि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष गर्लान् भनेर धेरैले विश्वास गरेका छैनन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भन्डारी समक्ष राजीनामा बुझाएपछि चाल्ने कदम नै नेपाली राजनीतिको बाटो भएको बताइन्छ । अर्को प्रधानमन्त्रीको चयन नगरेसम्मका लागि ओलीलाई काम चलाउ दिइन भने नेपालको राजनीतिले सहज अवतरण गर्नेछ । यदि अर्को निर्वाचन नभएसम्मका लागि काम चलाउ तोकियो भने राजनीतिले नयाँ कोर्ष लिने बताइएको छ । राष्ट्रपति भन्डारीले भोलि कुन कदम चाल्छिन्, त्यो हेर्न भोलिसम्म पर्खिनै पर्ने हुन्छ ।
– कुमार राउत