१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुलुकलाई अव्यवस्थाको चक्रब्यूहमा फसाउने प्रयास भयो : प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार १७:३८

प्रधानमन्त्री केपी शर्मा ओलीले रहस्यमय ढङ्गले आफूविरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएको बताउँदै त्यसले देशलाई अव्यवस्था र अस्थिरताको चक्रब्यूहमा फसाउने चेतावनी दिनुभएको छ । व्यवस्थापिका–संसद्मा आफूविरुद्ध परेको अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा सदनमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधानको कार्यान्वयन गरी राष्ट्रलाई आर्थिक विकास, शान्ति र समृद्धिको मार्गमा अघि बढाउन इमान्दार प्रयास भइरहेका बेला रहस्यमय ढङ्गले अविश्वासको प्रस्ताव आएकामा आपत्ति जनाउनुभयो ।
प्रधानमन्त्रीले सदनबाटै सरकार गठन गर्ने र हुनुपर्ने मान्यतामा आफू सधैँ अडिग रहेको तथा लोकतन्त्रका मूल्य, मान्यता एवम् संसदीय अभ्यासबाट कहिल्यै विमुख नभएको बताउँदै भन्नुभयो– “मेराविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव सामान्य र स्वाभाविक हो तर त्यसले मुलुकलाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्ने प्रयत्न भएको छ ।”
सङ्कीर्ण राजनीतिक आकाङ्क्षाका कारण देशलाई दुष्चक्रतर्फ धकेल्ने प्रयास भएको, नाकाबन्दीजस्ता अनेकौँ कठिनाइको सामना गर्दै राष्ट्र र जनताका हितमा अनवरत लागेको सरकारलाई अपदस्थ गर्न खोजिएकामा गम्भीर चिन्ता प्रकट गर्दै उहाँले अत्यन्त कठिन एवम् प्रतिकूल अवस्थामा सरकारमा रहेको दलले समर्थन फिर्ता लिएकोमा दुःख व्यक्त गर्नुभयो ।
“इतिहासको कठिन कालखण्डमा काम गरिरहेको सरकार हटाएर कस्तो राष्ट्रिय सहमतिको सरकार गठन गर्न खोजिएको हो ”– प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुभयो, “कोपिला निमोठेर कस्तो फल खोजिएको हो रु फल्न लागेको धान खेतमा डोजर चलाएर कस्तो ठूलो कुन्यू बनाउन खोजिएको हो रु”
सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय स्वाधीनता, आर्थिक विकास, संविधानको कार्यान्वयन, सन्तुलित एवम् समानतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवम् सुदृढीकरण, भूकम्पपीडितलाई छानाको व्यवस्था गर्न तल्लिन भएका बेला आएको अविश्वास प्रस्तावले राष्ट्र निर्माणलाई नसघाउने उहाँले बताउनुभयो ।
चाडपर्वका बेला नाकाबन्दीका कारण जनताको चुल्हो बल्ने अवस्था नभएको, नेपाल–भारत सम्बन्ध इतिहासकै जटिल बिन्दुमा पुगेका बेला आफूले मुलुकको जिम्मेवारी लिएको स्मरण गर्दै उहाँले त्यसलाई सुधार्न भएको प्रयास र प्राप्त सफलता, भूकम्पपछिको पुनःनिर्माणको काम, मुलुक अभावले ग्रस्त भएका अवस्थामा मुलुकले विकास, निर्माण एवम् संविधान कार्यान्वयनमा गति लिन लागेका बेला सरकारको गठबन्धन भित्रैबाट सरकार परिवर्तनको रहस्यमय खेल सुरु भएको र सरकारमाथि ‘एक्कासी’ आक्रमण भएको गुनासो गर्नुभयो ।
वर्तमान सरकारलाई सकेसम्म राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यसो हुन नसके एजेन्डा मिल्ने दलसँग मिलेर अगाडि बढ्ने र आगामी निर्वाचनसम्म मिलेर जाने सहमति भएको उल्लेख गर्दै उहाँले एक्कासी सरकार परिवर्तनको खेल सुरु भएकाले त्यो स्वाभाविक नभएको बताउनुभयो ।
बजेटपछि सरकार परिवर्तनको नियोजित हल्ला चलाएर सरकारलाई काम गर्न नदिने प्रवृत्ति सुरु भएको उहाँको गुनासो थियो । “मुलुकप्रति केही मन्त्री जिम्मेवार नभएपछि आफूले केही एक्सन लिन्छु भनेकै हो । संयुक्त सरकारमा बसेर त्यसकै जरा काट्ने काम भयो । निश्चित उद्देश्य बोकेर गठन भएको सरकारको गठबन्धन नतोड्न आग्रह गरेको थिएँ, तर त्यो हुन सकेन”– उहाँले भन्नुभयो ।
सरकारको काम कारबाही प्रभावकारी नभए उच्चस्तरीय राजनीतिक समितिमार्फत हल खोज्ने सहमति भए पनि त्यो समितिले कतिवटा सुझाव दियो त्यो आफूलाई थाहा नभएको प्रधानमन्त्रीको भनाइ थियो ।
सरकारमा रहेका दल र सरकारलाई समर्थन गर्ने दलकाबीचमा सहकार्य, सहकार्यको संस्कृति बनाउन उक्त समिति बनाइएको, असमझदारी भए समझदारी खोज्न सकिने लक्ष्यकासाथ सिर्जना गरिएको भन्दै यति ठूलो निर्णय गर्नु अगाडि सहयात्री दलसँग परामर्श गरियो वा गरिएन आफूलाई थाहा नभएको प्रधानमन्त्रीको कथन थियो ।
संविधान कार्यान्वयन, आत्मनिर्भरता, स्वाभिमानको काम गरिरहेको वर्तमान सरकारलाई नौ महिनामा नै बाटो छेकेर के सन्देश दिन खोजिएको हो रु भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालमा संविधान कार्यान्वयनका थुप्रै काम गर्न बाँकी रहेको, कानुन निर्माण गर्न बाँकी रहेको सन्दर्भमा हामी कहाँ छाँै रु भन्ने बिर्सन खोजिएको त होइन भन्नुभयो ।
संविधान निर्माणका लागि सहमतिको वातावरण तयार गरिएको उल्लेख गर्दै उहाँले जनताको चाहना, मुलुकको आवश्यकताअनुसार पूर्व सहमति बेवास्ता गर्दै दलीय सहमति तोड्ने काम भएको र त्यसलाई सिद्धान्तको बर्को ओडाइएको बताउनुभयो ।
नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच सहकार्यको आधार १४ बुँदे सहमति भएको भन्दै उहाँले शान्ति प्रक्रिया, भूकम्पपछिको पुनःनिर्माणलगायतका काम गर्ने विषय उल्लेख गरिएको र राज्यका महत्वपूर्ण पदमा सहमतिका आधारमा निर्वाचन गरिएको स्मरण गर्नुभयो ।
लोकतन्त्रमा सरकार परिवर्तन सामान्य भए पनि बिनाऔचित्य मुलुकलाई नै समस्यामा पार्ने गरी सरकार परिवर्तनको खेल सुरु हुनु सामान्य विषय नभएको उहाँको प्रष्टोक्ति थियो । हरेक पार्टी आफ्नो निर्णय गर्न, आफ्नो बाटो तय गर्न स्वतन्त्र रहेको भन्दै उहाँले यसपटक छापामार शैलीमा सरकार परिवर्तनको खेल भएको भन्दै राजनीतिक दलले गरेका हरेक निर्णय नेपाली जनताले हेरिरहेको बताउनुभयो ।
“नेपाली काँग्रेस सबै दल मिलेर काम नगर्ने सिद्धान्त बनाएर बसेपछि राष्ट्रिय सहमतिको सरकार गठन कसरी हुन्छ रु”– प्रधानमन्त्रीको प्रश्न थियो । आपसी विश्वास, पारस्परिक सम्बन्धले मात्रै सहकार्य अगाडि बढ्ने उल्लेख गर्दै उहाँले विगतमा भएको सहमति आफ्नो तर्फबाट कार्यान्वयन गरिएको जिकिर गर्नुभयो ।