७ बैशाख २०८१, शुक्रबार
Follow Us

दिपकको जाली माया सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार ०४:४३

काठमाडौं । गायक दिपक लिम्बूको ‘जाली माया’ सार्वजनिक भएको छ । प्रथम ‘नेपाली तारा’ समेत रहेको दीपकको ‘जाली माया’ बोल गीतको यो भिडियो यु–ट्युब तथा विभिन्न टेलिभिजन च्यानलमार्फत एक साथ सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार उत्तमजंग लिम्बूको शब्द-संगीत रहेको ‘किन लाउँछौं जाली माया’ भिडियोलाई युगल पोमु लिम्बूले निर्देशशन गरेका हुन् । भिडियोमा गायक दिपकका अलावा मोडल पविता राई र पुष्पल खड्कालाई फिचरिङ गरिएको छ ।
गीतको भावअनुसार भिडियोमा मोडल पविता सुरुमा पुष्पलसँग जाली माया लाउँछन् । तर, त्यो कुरा दिपकले थाहा पाएपछि पवितालाई पुष्पललाई समर्पित गर्छन् । भिडियो गीतअनुसार कलामत्क रुपमा उतारिएको छ ।
यस भिडियोका लागि मोडल पविताका लागि फेसन डिजाइनर कमल मानन्धरले पहरिन तयार गरेका थिए । उक्त पहिरनमा पविता सुन्दर देखिएकी छन् अर्थात खुलेकी छन् । सार्वजनिक यो भिडियो दीपकको पछिल्लो एल्बम ‘श्रेय’ मा समावेश छ । यस भिडियोलाई गायक दिपकले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।