१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीश कार्कीलाई काममा फर्किन सर्वोच्चको आदेश (पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ११:२३

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्किन अन्तरिम आदेश दिएको छ। न्यायाधीश चोलेन्द्र शमशेर राणाको उकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्किन अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राणाले यस्ताे अादेश दिनु भएकाे हाे। कार्कीविरुद्धकाे महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वाेच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदमा नाममा अन्तरिम आदेश समेत दिएकाे छ।