१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुशीला कार्की आजवाट नियमित काममा, आफ्नै इजलासमा भने पेसी राखिनन्

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार ०८:५०

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्की आजवाट नियमित काममा फर्केकी छिन् । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेकी कार्की सर्बोच्च अदालतको अन्तरिम आदेशपछि आजवाट नियमित काममा सर्बोच्च फर्केकी हुन ।
अदालतमा हाजिर भएर कार्कीले आज केही मुद्दाको पेसीसमेत तोकेकी छन । सर्बोच्चका अनुसार कार्कीले आफ्नै इजलासमा भने मुद्दाको पेसी राखेकी छैनन् । शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन र कार्कीलाई तत्काल काममा फर्कन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै प्रधानन्यायाधीस कार्कीले निवासवाटै प्रशासनिक काम गरेपनि आजवाट भने कार्यालयमै उपस्थिती भएर काम शुरु गरेकी हुन । कार्की आज बिहान साढे ९ बजे सर्वोच्च पुगेकी थिइन । कार्की प्रधानन्यायाधीसमा फिर्ता भएपछि कायम मुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशको रुपमा काममा फर्केका छन् ।