१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो चरणको निर्वाचन बजेट अगावै

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार १६:१०

काठमाडौं । नेकपा एमालेले प्रधानन्याधिशमाथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ । आइतवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको एमाले स्थायी समिति बैठकले प्रस्तावले संबैधानिक अंगविच टकराव ल्याएकाले फिर्ता लिन सत्तारुढ दलसँग माग गरेको हो ।
एमालेले महाअभियोगको सन्दर्भमा सर्बोच्चको फैसला स्वागतयोग्य भन्दै प्रस्ताव फिर्ता गरे संबैधानिक अंगबीचको टकराव रोकिने निस्कर्ष निकालेको बैठकपछि नेताले बताए । एमाले स्थायी समिति बैठकले जेठ ३१ मा दोस्रो चरणको निर्वाचन हुन नसक्ने भन्दै बजेट अघि नै दोस्रो चरणको निर्वाचन गर्न ध्यानाकर्षण पनि गराएको छ ।
निर्वाचन प्रचारका क्रममा केही ठाँउमा पार्टी कार्यकर्तामाथि अवरोध गरिएको भन्दै एमालेले आपत्ति समेत जनाएको छ । बैठकमा अध्यक्ष केपी ओलीले महाअभियोग लगायतका विषयमा प्रधानमन्त्रीसंग भएको छलफल लगायत अन्य राजनीतिक तथा सांगठनिक बिषयमा नेताहरुलाई जानकारी पनि गराएका थिए ।