७ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्रमा पहिरो, ५ केन्द्रीय सदस्यसहित १५ जनाको राजीनामा

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार १४:३१

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिँकिदैं गर्दा माओवादी केन्द्रका ५ केन्द्रीय सदस्यसहित १५ जनाले सामुहिक राजीना दिएका छन् । निर्वाचनमा पार्टीका तर्फबाट दिइएको उम्मेदवारीप्रति असन्तोष व्यक्त गर्दै नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने केन्द्रीय सदस्यहरू रमेश मोक्तान, सरोज तामाङ, विकेन्द्र भुलून, राजेश लामा र संजय घिसिङ रहेका छन् । उनीहरुले हिजो आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले नेकपा माओवादी केन्द्र मुठीभरको माफिया र ठेकेदारको षड्यन्त्रबाट चलिरहेको आरोप लगाएका छन् । जनयुद्धमा जेल, नेल भोग्दै भीषण संघर्ष गरेकाहरुलाई पाखा लगाएर अमुक नेताको खल्तीको चिट र सनकबाट पार्टी सञ्चालन गरेको आरोप उनीहरुले लगाएका छन् । विशेषतः नेकपा माओवादी केन्द्र ललितपुरको केही भुरा ठेकेदारहरु र केन्द्रीय तहका केही कथित वरिष्ठ नेताहरु ललितपुर जिल्ला पार्टीलाई आफ्नो बिर्ता ठान्दै अशोभनीय कार्य गरेको आरोप उनीहरुको छ ।
maiost