१५ चैत्र २०८०, बिहीबार
Follow Us

विकासे एजेण्डासँग मत साट्दै उम्मेदवार

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:४२

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको मिति नजिकिएसँगै उम्मेदवारहरु व्यस्त बन्न थालेका छन् । काठमाडौंका महानगरपालिका, नगरपालिका र वडाका उम्मेदवारहरु विभिन्न विकाशे एजेण्डा सहित मतदाताको घरदैलो धाइरहेका छन् ।
हुनत, स्थानीय तहको निर्वाचनमा छुट्टै विविधता पनि छ । विभिन्न दलमा बसेर योगदान गरेका नेतामात्रै हैनन्, समाजसेवा, कलाकारिता, पत्रकारिता, खेलकुद लगायतका विभिन्न कर्ममा क्रियाशिल व्यक्तिहरु पनि स्थानीय सरकार चलाउने हिम्मत गरेर आफ्नो पक्षमा जनमत मागिरहेका छन् ।
मतदाताहरुलाई आफुतिर आर्कषित गर्न सडक, ढल, बत्ति, पानी लगायतको व्यवस्थापनदेखी आफ्नो नगर तथा वडालाई अरु भन्दा पृथक बनाउने प्रतिबद्धता उम्मेदवारहरुको छ ।
मतदाताहरु भने उम्मेदवारले चुनावका लागि मात्रै विकासका नारा बोकेको भन्दै यो पटकको निर्वाचनमा व्यक्तित्व र उसको सामाजिक क्रियाशिलतालाई हेरेर मात्र मतदान गर्ने बताइरहेका छन् । चुनावमा ल्याइएका घोषणा पत्र र प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन्छन् वा केवल चुनावी नारा बन्छन्, यसका लागि भने केही समय कुर्नुैपर्ने हुन्छ ।