१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेतृत्वको निर्णय भरतपुरवासीलाई अमान्य

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार १५:३५

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेतृत्वको निर्णयप्रति मतदाताले अहिलेसम्म चित्त बुझाउन सकेका छैनन् । नेपाली कांग्रेसको बलियो पक्कड रहेको उक्त महानगरमा माओवादीलाई भोट हाल्नुपर्ने चित्तबुझ्दो जवाफ कांग्रेस नेतृत्वबाट नआएसम्म कार्यकर्ताले हसिया हतौडामा मतदान नगर्ने स्पष्ट पारेका छन् ।
कांग्रेस र माओवादीको संयुक्त टोली यतिबेला घरदैलो कार्यक्रममा छ । कांगे्रस शुभचिन्तकको घरमा मत माग्न जाँदा आफूहरुलाई रुख चिन्ह मात्र थाहा भएको बताउने गरेका छन् । कतिपय सचेत मतदाताले भने उम्मेदवारसँग प्रतिवादसमेत गर्ने गरेको बताइन्छ । मेयर पदमा कांगे्रसले किन उम्मेदवार झिक्यो, त्यसको चित्त बुझ्दो जवाफ दिन मतदाताले उम्मेदवारसँग आग्रह गरेको भेटियो ।
मेयर पदमा मात्र कांग्रेस माओवादीबीच तालमेल भएको हो । प्रत्येक वडामा कांग्रेस र माओवादीको आ–आफ्नै उम्मेदवार छन् । वडाध्यक्षको किचलो मेयरसम्म पुगेकाले मतदाता सन्तुष्ट छैनन् । वडादेखिको विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य कल्याण गुरुङलाई खटाएको छ । केन्द्रीय सदस्य गुरुङले समेत मतदाताको जिज्ञासाबाट आजीत भएको बुझिएको छ ।
२९ वटा रहेको भरतपुरमा कांग्रेसको मत झन्डै ४० हजारभन्दा बढी रहेको बताइन्छ । माओवादीसँग लगभग १५ मत रहेको बताइन्छ ।