१३ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिगको फाइनलमा रियलले युभेन्टसको सामना गर्ने

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार ०७:३२

लन्डन । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा एथ्लेटिको मड्रिडसँग दुई एकले पराजित भएपनि समग्रमा चार दुईको जीत सहित रियल फाइनलमा पुगेको हो ।
खेलमा एथ्लेटिकोका लागि साउल निगुएज र एन्टोनी ग्रिजम्यानले गोल गरे । रियलका लागि इस्कोले एक गोल गरे । रियलले अब उपाधिका लागि युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल आउँदो जुन ३ मा हुनेछ । रियल च्याम्पियन्स लिगको साविक विजेता हो । यो पटक उपाधि जिते रियल मड्रिड लगातार उपाधि जित्ने पहिलो टिम हुनेछ ।