काठमाडौं । स्थानिय निर्वाचनको लागि मतदान सुरु भएलगत्तै तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा दुईको मृत्यु भएको छ । मेलुङ गाउँपालिकाअन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले गोली चलाउदा कुमार भुजेल र भुवन थापाको मृत्यु भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलु–१ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर छ ।’ उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । चुनावको अघिल्लो दिन माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।