७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनह्यामद्वारा म्यानचेस्टर युनाईटेड पराजित

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार ०४:५५

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम हट्सपरले म्यानचेस्टर युनाईटेडलाई २-१ ले हराएको छ । खेलमा टोटनह्यामलाई विजयी गराउन भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका वायन रुनीले एक गोल फर्काए ।
आइतबार राति भएको अर्को खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले पाखा लगायो । लिभरपुललाई विजयी गराउन फिलिपे कौटिन्होले दुई गोल गर्दा ड्यानिएल स्टरिज र डिभोक ओरीगीले एक एक गोल गरे ।
आइतबार नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४-० ले हरायो । यो जितसँगै क्रिष्टल प्यालेस प्रिमियर डिभिजनमै रोकिएको छ भने हल सिटी दोस्रो श्रेणीमा झरेको छ । यसअघि मिडिल्सब्रो र सण्डरल्याण्ड पनि प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरीसकेका छन् ।