१५ चैत्र २०८०, बिहीबार
Follow Us

यी हुन् कांग्रेसको तर्फबाट मन्त्री बन्ने नेताहरु

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १०:४५

Minister-Car-nepal-1काठमाण्डौं । कांग्रेस–माओवादी गठवन्धनबाट मन्त्री हुन अहिले दुवै दलका सांसद्हरु दौडधुपमा छन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट सरकारको नेतृत्व भने बिमलेन्द्र निधिले गर्ने लगभग निश्चित जस्तै भएको छ । निधीले कांग्रेसको नेतृत्व गरेर उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । उपप्रधानमन्त्रीका लागि गोपालमान श्रेष्ठले पनि इच्छा देखाएका छन् ।

स्रोतका अनुसार देउवाले मन्त्रीका लागि अर्जुननरसिह केसी, शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, प्रकाशसरण महत, रमेश लेखक, पुष्करनाथ ओझा, अर्जुनप्रसाद जोशी, सुधिरकुमार शिवाकोटी, डिल्ली चौधरी, भरतकुमार शाह, महालक्ष्मि उपाध्याय, मानबहादुर विश्वकर्मा वा मिन विश्वाकर्मा मध्य एक, फरमुल्लाह मन्सुर, पद्मनारायण चौधरी, सुर्यमान गुरुङ, ध्यानगोविन्द रञ्जित, शंकर भण्डारी, र खुमबहादुर खड्काकी श्रीमती सिलु खड्का लगायतको नाममा छलफल चलाएका छन् ।

यि नामहरुबाटै मन्त्री सिफारीस हुने सम्भावना प्रवल रहेको स्रोतको दावी छ । नेता बालकृष्ण खाँडलाई भने पार्टी संचालनको जिम्मा दिने देउवाको तयारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सात प्रदेशबाट एकरएक जना अनिवार्य, दलित, महिला, मधेसी र जनाजतिबाट एकरएक जना र केही क्षमता भएका र अनुभवीलाई सरकारमा पठाउने तयारी गरेका हुन् ।