४ बैशाख २०८१, मंगलवार
Follow Us

चारवटै महानगरपालिकामा एमाले विस्तारै ब्याक हुँदै

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार १०:०१

काठमाण्डौ । स्थानीय चुनावको मतपरिणाम आईरहँदा अहिलेसम्म देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा चलिरहँदा सबै महानगरमा एमालेले अग्रता लिइरहेको छ । तर पछिल्लो समयमा एमाले विस्तारै ब्याक हुँदै गइरहेको छ । भरतपुर महानगरपालिकामा एक पटक माओवादीकी रेणु दाहालले अग्रता लिए पनि फेरि एमालेका देवी ज्ञवालीले एक-डेढ सय मतको अन्तरले अग्रता लिइरहेका छन् । उक्त मतअन्तर पनि विस्तारै कम हुँदै गइरहेको छ ।
काठमाडौं महानगरपालिकामा झनै ढिलो गणना भइरहँदा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यलाई दोस्रो स्थानमा नेपाली कांग्रेसका राजुराज जोशीले पच्छाइरहेका छन् । साझा पार्टीका किशोर थापा केही समय दोस्रो स्थानमा रहेर चौथोमा झरेका छन् । उनलाई चौथामा रहेकी विवेकशील पार्टीकी रञ्जु दर्शनाले उछिनिन् ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले कांग्रेसका चिरिबाबु महर्जनलाई पछि पारेर अग्रता कायमै गरेका छन् । महर्जनले मतअन्तर घटाइरहेका छन् । पोखरा महानगरपालिकामा पनि एमालेका मानवहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई सुरुदेखि नै पछि पारेर अग्रता लिइरहेका छन् ।
लाखभन्दा बढी मत खसेका महानगरपालिकामा जुन गतिमा मतगणना भइरहेको छ, निर्वाचन आयोगले विकल्प नखोज्ने हो भने महानगरपालिकाहरुको गणना एक सातामा पनि सकिने देखिँदैन ।