८ बैशाख २०८१, शनिबार
Follow Us

७८ स्थानीय तहको मत परिणाम सार्वजनिक, मत परिणामसहित

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार ०६:२७

काठमाडौं । गत आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म ७८ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार एमालेले सबैभन्दा बढी ३० स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले २७ स्थानमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले १८ स्थानमा जीत निकालेको छ । अन्यले ३ स्थानमा जितेका छन् ।
ताजा नतिजाअनुसार यस्तो परिणाम छ—
गाउँपालिका
नेपाली कांग्रेस

मुस्ताङको थसाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुद्धिप्रसाद शेरचन विजयी ।
मुस्ताङको लोमान्थाङ गा.पा.मा कांग्रेसका सुवर्णकुमार बिष्ट ६०३ मतले बिजयी
मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गा.पा. अध्यक्षमा कांग्रेसका फेन्चोकछेप्तेन गुरुङ ६५४ मतले विजयी
मनाङको नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर घले विजयी
मनाङ नार फू मा कांग्रेसका निङ्मा छिरिङ लामा विजयी ।
जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत विजयी ।
दैलेखको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रवहादुर मल्ल २७८७ मतसहित विजयी ।
नवलपरासीको बुंदिकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना ३१९१ मतले विजयी ।
बाग्लुङको तमान गा.पा. अध्यक्षमा कांग्रेसका जोगलाल बुढा २२१९ मतले विजयी
नवलपरासीको विनयी त्रिवेणी गा.पा. अध्यक्षमा कांग्रेसका डम्बरबहादुर जिसी ६९०९ मत ल्याई विजयी ।
गोरखाको चुनमुंग्री गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ १२५३ मत ल्याई विजयी ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पुष्प कार्की ३३७६ मतले विजयी
जुम्लाको पातारासी गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लक्ष्मण बोहोरा २३११ मतले विजयी
जुम्लाको सिंजा गाउँपालिकामा कांग्रेसका देवलसिंह रावल १४३० मतले विजयी
रसुवाको उत्तरगया गाउँपालिकामा कांग्रेसका उपेन्द्रराज लम्साल १६३० मतले विजयी
जुम्लाको कनका सुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका नरवीर राउत २११३ मतले विजयी
काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना ३८६८ मतले विजयी
नवलपरासीको हुप्सीकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मी पाण्डे ४५९२ मतले विजयी ।
नवलपरासीको बुलिङटार गा.पा. अध्यक्षमा कांग्रेसका शशीकिरण वस्ताकोटी ४७०८ मतले विजयी ।
सिन्धुलीको घ्याङलेख गा.पा.अध्यक्षमा कांग्रेसका जगतबहादुर भ्लोन २४२४ मतले विजयी ।
हुम्लाको सिमिकोट गा.पा. अध्यक्षमा कांग्रेसका पदमबहादुर लामा १३६५ मतले विजयी ।
मुगुको मुगुम कार्मारोग गा.पा. अध्यक्षमा कांग्रेसका छिरिङ ट्याप्ने लामा ११७० मतले विजयी ।
नुवाकोटको किस्पाङ गा.पा. अध्यक्षमा कांग्रेसका छत्रबहादुर लामा २५६८ मतले विजयी ।

नेकपा एमाले

कास्कीको मादी गा.पा.को अध्यक्षमा एमालेका वेदबहादुर गुरुङ ४६३७ मतले विजयी ।
मुस्ताङको घरपझोङ गा.पा.मा एमालेका आशबहादुर थकाली ४५४ मतले बिजयी
मनाङ नेस्याङ गा.पा.मा एमालेका कान्छा घले ६२७ मतले विजयी
मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मतले विजयी
जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र शाही २०७३ मतले विजयी ।
डोल्पाको काइके गा.पा.मा एमालेका अंगद राना ९२० मतले बिजयी
स्याङजाको फेदिखोली गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी ३८०६ मतसहित विजयी ।
तनहुँको देवघाट गा.पा. अध्यक्षमा एमालेका दुर्गबहादुर थापा २८७९ मतले बिजयी
डोल्पाको से फोक्सुन्डो गा.पा. अध्यक्षमा एमालेका तसी तुन्डुक गुरुङ निर्विरोध निर्वाचित
ललितपुरको महाँकाल गा.पा. अध्यक्षमा एमालेका रामचन्द्र दाहाल २०८० मतले बिजयी ।
सल्यानको ढोरचौर गा.पा. अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने १९२५ मत ल्याई बिजयी ।
स्याङ्जाको हरिनास गा.पा. अध्यक्षमा एमालेका खिलनारायण मानन्धर ३००८ मत ल्याई विजयी ।
जुम्लाको तिला गाउँपालिकामा एमालेका रत्ननाथ योगी १७६८ मतले विजयी
हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्षमा एमालेका दल फडेरा ११८५ मतले विजयी
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका कस्याङ नोर्बु तामाङ १८२८ मतले विजयी ।
स्याङजाको आँधीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुधिर पौडेल विजयी
रसुवाको कालिका गाउँपालिका अध्यक्षमा एमालेकी सीताकुमारी पौडेल १४५८ मतसहित विजयी ।
काभ्रेको खानीखोला गा.पा.अध्यक्षमा एमालेका कृष्णबहादुर खुलाल २०२३ मतले विजयी ।
मकवानपुरगढी गा.पा. अध्यक्षमा एमालेका विदुर हुमागाइँ ३८१४ मतले विजयी ।
कास्कीको माछापुच्छ्रे गा.पा अध्यक्षमा एमालेका कर्णबहादुर गुरुङ ५६०७ मतले विजयी ।
कास्कीको रुपा गा.पा. अध्यक्षमा एमालेका नवराज ओझा ४२०२ मतले विजयी ।
रामेछापको गोकुलगंगा गा.पा.अध्यक्षमा एमालेका खड्ग सुनुवार ३५५१ मतले विजयी ।
दैलेखको भैरवी गा.पा. अध्यक्षमा एमालेका प्रेमबहादुर बुढा ३५८४ मतले विजयी ।
दैलेखको महाबु गा.पा. अध्यक्षमा एमालेका जंगबहादुर शाही ३५२२ मतले विजयी ।
रामेछाप उमाकुण्ड गा.पा. अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार ३१७५ मतले विजयी ।

माओवादी केन्द्र

डोल्पाको मुड्केचुला गा.पा.मा माओवादी केन्द्रका दत्तबहादुर शाही ९३३ मतले विजयी
डोल्पाको जगदुल्ला गा.पा.मा माओवादी केन्द्रका नरसिंह रोकाय ५५६ मतले विजयी
जुम्लाको गुठिचौर गा.पा.मा माओवादी केन्द्रका हरिबहादुर भण्डारी १५९६ मतले विजयी
जुम्लाको हिमा गा.पा. अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १३१७ मतले विजयी
रुकुमको सानीभेरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नरबहादुर पुन ४६५० मतले विजय ।
कालिकोटको सात्री त्रिवेणी गा.पा.मा माओवादी केन्द्रका डम्बरबहादुर शाही १७३३ मतले बिजयी
सल्यानको दार्मा गा.पा. अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी ३६९४ मतले बिजयी
ललितपुरको कन्ज्योसोमक गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोपीलाल स्याङतान विजयी ।
सिन्धुलीको मरिन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पानीराज बम्जन ४७४० मत ल्याई विजयी ।
हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बाग्दल मल्ल १३६९ मतले विजयी
तनहुँको बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाओवादी केन्द्रका पूर्णसिंह थापा २८६३ मतले विजयी
बागलुङको तारा गाउँपालिका अध्यक्षमा माओवादी केन्दंका प्रकाश घर्ती ३३१५ मतसहित विजयी ।
रुकुमको बाफिकोट गा.पा. अध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी ३५६४ मतले विजयी ।
रुकुमको त्रिवेणी गा.पा. अध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मतले विजयी ।
सिन्धुलीको हरिहरपुरगढी गा.पा. अध्यक्षमा माओवादी केन्द्रका कार्साङ तामाङ ३९३४ मतले विजयी ।
जुम्लाको तातोपानी गा.पा.अध्यक्षमा माओवादी केन्द्रका नवराज न्यौपाने २३९१ मतले विजयी ।
चंखेली गा.पा. अध्यक्षमा माओवादी केन्द्रका धनलाल चौलागाँइ १२२४ मतले विजयी ।

स्वतन्त्र

मुस्ताङको दालोमे गा.पा.मा स्वतन्त्र उम्मेदवार लोप्साङ्ग छिरिङ बिष्ट ७५५ मतले बिजयी
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार तेम्वा गुरुङ ५१३ मतले विजयी ।
डोल्पाको छार्का ताङसोङ गा.पा. अध्यक्षमा स्वतन्त्र उम्मेदवार सोनामा गुरुङ ३०७ मतले विजयी ।

नगरपालिका

नेपाली कांग्रेस

लमजुङको मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेश पाण्डे ५९६८ मतका साथ विजयी

नेकपा एमाले

डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा एमालेका गणेशबहादुर शाही १४७३ मतसहित विजयी ।
दैलेखको नारायण नपा प्रमुखमा एमालेका रत्नबहादुर खड्का ४७२५ मत ल्याई विजयी ।
डोल्पाको त्रिपुरासुन्दरी न.पा. प्रमुखमा एमालेका ओमबहादुर गुरुङ १६०९ मतले विजयी ।
दोलखाको जिरी न.पा. प्रमुखमा एमालेका टंक जिरेल ३२१२ मतले विजयी ।

माओवादी केन्द्र

रुकुमको मुसिकोट नपा प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम ४३४० मत ल्याई विजयी ।