७ बैशाख २०८१, शुक्रबार
Follow Us

उदित नारायण झाको गीतको म्यूजिक भिडियोमा ध्रुवदत्त

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १५:५८

लन्डन । लोकप्रिय गायक उदित नारायण झाको एउटा मार्मिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । १२ मे, २०१७ का दिन हाइलाइट्स नेपालले भिडियो सार्वजनिक गरेको हो । झरी सरी बर्सिंदै छ आंसु तिम्रो यादमा…गीतमा निर्मित भिडियो सुल्तान इडिंगोले निर्देशन गरेका छन् । गीत लेखन अनल गौतम र संगीत अर्जुन पोखरेलको छ ।
भिडियोमा बेलायतवासी नायक ध्रुव दत्त र मोडल एवं मेकअप आर्टिष्ट बिना राईले अभिनय गरेका छन् । तीन घुम्ती, द प्लान लगायत चलचित्रका नायक दत्तको यतिखेर बेलायतमा जीगिसा नामक नाटकले दर्शक मन बटुलिरहेको छ ।


मोडल बिनाको केही साताअघिमात्र गायक स्वरुपराज आचार्यले गाएको यो सांझ…गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । मेकअपका क्षेत्रमा बेग्लै पहिचान बनाएकी उनी हालै नेपाल गएर फेसन शोमा ‘मेकअप डेमोन्सट्रेसन’ गरेर चर्चा बटुलेकी थिइन् ।