लन्डन । यो सिजनको प्रिमियर लिग चेल्सीले जितेको छ भने टोटनह्याम हट्सपर दोस्रो भएको छ । हल सिटी, मिडिल्सब्रो र सण्डरल्याण्ड रेलिगेसनमा परेका छन् ।
आइतबार राती भएका खेलसँगै यो सिजनको इङ्लिस प्रिमियर लिग फुटबल सकिएको छ । हिजोका खेलपछि लिभरपुल रम्यानचेस्टर सिटी च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । चेल्सी र टोटनह्याम यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए ।
आर्सनल भने च्याम्पियन्स लिगमा छनोट हुन सकेन । आर्सनलले अन्तिम खेलमा एभर्टनलाई ३–१ ले हराए पनि अंक तालिकामा आर्सनलभन्दा माथि रेहका सबै चारवटा टोली हिजोका खेलमा जीत हात पारेपछि उसको सम्भावना सकिएको हो ।
राति भएका खेलहरुमा च्याम्पियन चेल्सीले सण्डरल्याण्डलाई ५–१ ले हरायो भने टोटनह्यामले हल सिटीलाई ७–१ ले पराजित गर्यो । यसैगरी म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ५–० ले हरायो भने लिभरपुलले मिडिल्सब्रोलाई ३–० ले हरायो । त्यस्तै म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गर्यो ।
प्रतिक्रिया