January 20, 2022
7:13 PM | 12:58 AM
ताजा खबर

कांग्रेस-एमाले सरह मत आयो : माओवादी केन्द्र

  22/05/2017 मा प्रकाशित

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेकै हाराहारीमा आफ्नो पार्टीले मत ल्याएको दाबी गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले हालसम्म ४६ स्थानमा पार्टीले प्रमुख जित हासिल गरेको र ५० भन्दा बढी स्थानमा ५ सयभन्दा कम मतले मात्र हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
माओवादीले दोस्रो चरणको निर्वाचनमा सम्पूर्ण शक्ति प्रयोग गरेर पहिलो पार्टी बन्ने लक्ष्य राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग भएको सहमतिअनुसार नै सत्ता हस्तान्तरण गर्नेबारे जानकारी गराउनुभएको प्रवक्ता भुसालले बताइन् । बैठकमा स्थानीय तह निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनलगायतका विषयमा पछि छलफल भएको बताइएको थियो ।

प्रतिक्रिया