६ बैशाख २०८१, बिहीबार
Follow Us

पद्मश्रीका लागि पाँच कृति छनोट

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १५:२०

काठमाडौं । खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आइरहेको सर्वविदितै छ। गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी दुईवटा निर्णय गरेको थियो – पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच उत्कृष्ट पुस्तकहरूको सूचि (सर्टलिस्ट) सार्वजनिक गर्ने। पहिलो निर्णयअनुसार प्रतिष्ठानले २०७२ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको थियो। सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको छ। यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गरिने व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं। मनोनयनमा परेका कृतिहरूको वर्णानुक्रमानुसारको सूचि यसप्रकार रहेको छ।
कृति विधा लेखक
१. ऐना कथासंग्रह रामलाल जोशी
२. चीरहरण उपन्यास नीलम कार्की निहारिका
३. मिस्टिका उपन्यास कुमार नगरकोटी
४. वीरगञ्ज गैह्र-आख्यान गिरीशगिरी
५. सुप्लाको हवाइजहाज कवितासङ्ग्रह भूपिन