१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेरो पुनरागमनमा भारतको भूमिका छैन : प्रचण्ड

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७३, बुधबार ०७:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गमन र आफ्नो पुनरागमनमा भारतको हात रहेको भन्ने दाबी अस्वीकार गरेका छन् । भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’मा प्रकाशित अन्तरवार्तामा ओली स्वयंले पनि भनेको भन्दै उनी प्रधानमन्त्रीबाट हट्नुमा भारतको हात छ ? भनेर सोधिएको थियो । जवाफमा दाहालाले ‘विल्कुल गलत, यस्तो कुराले सबैलाई समस्यामा पार्छ, ओली स्वयंलाई पनि’ भनेका हुन् । उनले आफू फेरि प्रधानमन्त्री हुनुमा बाहिरी शक्तिको भूमिका पनि पूर्णरुपमा अस्वीकार गरेका छन् । भारतको भूमिकाबारे सोधिएको प्रश्नमा दाहालले बाह्र बुँदे सहमति गराउन भारतको भूमिका रहेको स्वीकार गर्दै ‘नेपालको विषयमा नेपाल र नेपालीले नै अन्तिम निर्णय लिने’ बताएका हुन् । दाहालले नेपालमा भएको सरकार परिवर्तनलाई बेइजिङमाथि दिल्ली हावी भएको विश्लेषण पनि गलत रहेको दावी गरे । अन्तरवार्तामा उनले नेपालमा चीनको चासो भारत नभई पश्चिमा राष्ट्र भएको बताएका छन् ।