७ बैशाख २०८१, शुक्रबार
Follow Us

समाजभित्रको मर्मश्पर्शी एउटा ‘जीन्दगानी…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार १४:४५

काठमाडौं । सडक बालबालिकाको मर्मस्पशी जीवनशैली कथा बेग्लै हुनसक्छ । तर, यहाँ अपांगता जीवन जिउन नपरोस् भन्दाभन्दै पनि समाजमा यस्ता कथाहरु जन्मिरहेकै छ । र, तिनको जीवनशैलीलाई नजिकबाट नियाल्दा लाग्छ, ‘जीन्दगी आखिर यही हो ।’
यस्तै, मर्मस्पर्शी तर समाजभित्रको समस्यालाई मोडल सम्झना राईले आफ्नो सुरिलो स्वरमा गाएकी छन् । ‘जीन्दगानी’ बोलको यस गीतमा सम्झनाले नै मोडलिङ गरेकी छन् । यसै गीतबाट गायिका बनेकी मोडल सम्झनाको अभिनयको त कुरै छाडौं । यो भिडियो हेर्नेहरुको एकपटक अवश्य आँखा रसाउँनेछ । र, भन्नेछन्, ‘के यस्तो पनि जीन्दगानी ?’
यस गीतको भिडियोमा सडक बालबालिकाको जीवनशैली त छँदैछ नै, अपांगता भएकाहरुको जीवन तथा दिनचर्यालाई ऐना जतिकै उतारिएको छ । निर्देशकले गीतको मर्मलाई मर्न दिएका छैनन् । गीतको भाव र कथामा मोडल सम्झनाको अभिनय जीवन्त छ । उक्त भिडियो हेरिरहँदा लाग्छ, ‘यो पो हो अभिनय ।’ एक किसिमले भन्ने हो भने सम्झनाको अभिनयलाई यस भिडियोमा जति तारिफ गरे पनि थारै हुन्छ ।
हुन त मान्छेहरु हरेक परिवेशमा रमाएको हुन्छ । त्यस्तै सडक बालिबालिकाको पनि जीवनशैली फरक बनेको छ । त्यही वास्तविकता र समाजले अलग मानेको विकराल समस्यालाई गायक तथा संगीकार महेन्द्र राईले गीतमा उतारेका हुन् भने यस भिडियोको निर्देशन दर्पण राईले गरेका हुन् । यस भिडियोमार्फत दर्पणले आफ्नो निर्देकिय क्षमता राम्ररी प्रस्तुत गरेका छन् । महेन्द्र राईकै संगीत रहेको ‘जीन्दगानी’ को भिडियोलाई डम्बर राईले खिचेका हुन् ।