४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री चयन मङ्गलबार, अझ सर्न सक्ने

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार १२:४१

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ । राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।
भरतपुर महानगरको निर्वाचन विवादमा सर्वोच्च अदालतबाट कस्तो निर्णय आउँछ, त्यो हेरिसकेपछि मात्र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाइने बताइएको छ । उक्त विवादबारे सर्वोच्चमा आज आइतबार रिट परेको छ । उक्त रिटबारे सर्वोच्चले भोलि आन्तरिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनेछ । सर्वोच्चले उक्त विवादबारे आन्तरिम आदेश जारी गरे एमालेले संसद चल्न दिने तथा आदेश जारी नभए पुनः अवरोध गर्ने रणनीति लिएको बुझिएको छ । सर्वोच्चबाट आन्तरिम आदेश नआए एमालेले संसद अवरोध जारी राख्ने बताइएको छ ।
मंगलबार पनि एमालेले संसद अवरोध गरे प्रधानमन्त्रीको निर्वाचन प्रकृया अझ प्रभावित हुने जानकारहरु बताउँछन् ।