७ बैशाख २०८१, शुक्रबार
Follow Us

खाडी क्षेत्रमा द्वन्द्व सुरु, लाखौं नेपाली श्रमिक प्रभावित हुने

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार १०:०४

दोहा । साउदी अरब, इजिप्ट बहराइन र युएइले कतारसँग राजनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । खाडी क्षेत्रमा कतारले अस्थिरता मच्चाएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले भनेका छन्, कतारले मुस्लिम बदरहुडलगायत केही चरमपन्थी संगठनलाई सहयोग गरिरहेका छन् ।
साउदी अरब सरकारबाट सञ्चालित समाचार एजेन्सी एसपीएका अनुसार रियादले कतारका लागि जमिन, हवाई र समुन्द्री सीमा बन्द गरिदिएको छ । साउदी अधिकारीअनुसार चरमपन्थी र कट्टरपन्थीको खतराबाट बचाउनका लागि सीमा बन्द गरिएको हो ।
इजिप्टको विदेश मन्त्रालयले भनेको छ, कतारको हवाइजहाज, पानी जहाजका लागि हवाई क्षेत्र र बन्दरगाह बन्द गरिएको छ । साउदी अरबले कतारका राजदूतलाई फिर्ता जान ४८ घण्टाको समय दिएको छ । युएइको समाचार एजेन्सी डब्लुएएमका अनुसार कतारले चरमपन्थी, कट्टरपन्थी र सम्प्रदायिक संगठनलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ । बहराइन सरकारले सञ्चालन गरेको समाचार एजेन्सीले भनेको छ, कतारले बहरानको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको छ ।
खाडी क्षेत्रमा देखियो यो द्वन्द्वले विश्व अर्थतन्त्रमा प्रभाव पार्ने बताइन्छ । खाडी क्षेत्रमा रहेका लाखौं दक्षिण एसियाली श्रमिकसमेत प्रभावित हुने बताइएको छ । इजिप्टबाहेक कतार, साउदी, बहराइन र युएइमा लाखौं नेपाली श्रमिक रहेका छन् । खाडी क्षेत्रको यो द्वन्द्वले नेपाली श्रमिकसमेत प्रभावित हुने जानकारहरु बताउँछन् ।