४ बैशाख २०८१, मंगलवार
Follow Us

भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार १५:२०

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न विपक्षी नेकपा एमाले सहमत भएको छ । सभामुखको पहलमा संसद सचिवालयमा भएको छलफलमा सदनको अबरोध खुलाएर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा दलहरुबीच सहमति भएको हो । संसद सुचारु गर्न नेकपा एमाले सहमत भएसँगै भोलिको संसद बैठकबाट देशले ४० औं प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र उमेदवार छन् । एमालेले भरतपुर प्रकरणलाई लिएर सदन अवरोध गरेपछि प्रधानमन्त्री चयन प्रक्रिया अबरुद्ध थियो ।