७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुमेनको शक्ति फिर्ता लिन हिमानीद्वारा गोरखकालीमा पूजार्चना

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार ०९:११

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । गोरखनाथ मन्दिरमा रुद्राभिषेक पूजाअर्चना गर्नुभएको हो । छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा रुद्राभिषेक पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो ।
ज्योतिषशास्त्रअनुसार ‘भौम प्रदोष’ को समयमा रुद्राभिषेक गरिए गुमेको शक्ति प्राप्त हुन्छ, विपरीत र कठिन परिस्थितिबाट छुटकारा मिल्छ, पैतृक ऋणबाट पनि छुटकारा मिल्छ । मंगलबार साँझ पहिलो प्रहरमा त्रियोदशी तिथि परेको समयलाई ‘भौम प्रदोष’ मानिन्छ । यस्तो समय १२ वर्षमा एकपल्ट आउँछ । संयोगले यसपटक जेठ २३ गते मंगलबार साँझमा द्वादशी तिथि समाप्त भई त्रियोदशी तिथि अर्थात् ‘भौम प्रदोष’ को समय जुरेको छ । संयोगले त्यो दिन अग्निबास र कलश चक्रसमेत परेको छ ।