१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नवनिर्वाचित प्रधानमन्त्री देउवाले दिउँसो सपथ, महेशको नाम चर्चामै सीमित

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार ०४:२१

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो पाउने २ बजे राष्ट्रपतिबाट सपथ लिनेछन् । आफूले सपथ लिएसँगै प्रधानमन्त्री देउवाले पहिलो चरणमा सात सदस्यीय सानो मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । नेपाली कांग्रेसबाट ३ र माओवादी केन्द्रबाट ३ जना मन्त्री बन्ने छन् भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि आजै सपथ लिने छन् ।
नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र कार्की र फरमुल्ला मन्सुर तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जर्नादन शर्मा र रामनारायण विडारीलाई मन्त्री बनाइने भएको छ । जर्नादनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने छ भने अन्य मन्त्रीको जिम्मेवारी अहिलेसम्म खुलाइएको छैन ।
अर्थमन्त्रीका रुपमा कांगे्रसभित्र चर्चामा आएको महेश आचार्यको नाम हिजो राति १० बजेसम्म नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेको थिएन । स्थानीय निर्वाचन अगाडि नेपाली कांगे्रसको घोषणापत्र मस्र्यौदा समितिको संयोजक रहेर काम गरेका आचार्यलाई पार्टीभित्र अर्थमन्त्रीका रुपमा चर्चामा ल्याएको थियो ।
आचार्यलाई पहिलो चरणमा मन्त्री बन्न वरिष्ठ नेता रामचन्द्र पौडेलले रोकेको बताइएन्छ । उनले पहिलो हेरौं कुन मन्त्रालय दिन्छन्, त्यसपछि नाम सिफारिस गरौंला भनेपछि आचार्यको नाम पहिलो चरणमा नपरेको बताइन्छ ।