१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्रिपरिषद्को पहिलो बैठकले के निर्णय ग-यो ?

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार १२:५७

काठमाडौं । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी, संविधानमा व्यवस्था भए अनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शाान्ति प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।
बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्को प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ ।